दार्जीलिङ तनाव : गोजमो कार्यकर्ताद्वारा पर्यटन कार्यालयमा आगजनी

443

दार्जीलिङ — दार्जीलिङमा भएको अर्को हिंसाको घटनामा बुधवार राति गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन टुरिस्ट इन्फर्मेसन अफिसमा एक समूहले आगजनी गरेको छ ।

खबरहरूका अनुसार आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो) का समर्थकहरूले बुधवार दार्जीलिङस्थित चौकबजारमा अशोक तामाङको शरीरसहित एक –याली निकाले । तामाङलाई प्रहरीले गोली हानेर मारिएको बताइएको छ ।

त्यसपछि आन्दोलन हिंस्रक भयो र क्रुद्ध विरोधकर्ताहरूले राति अबेला अफिसको भवनमा आगजनी गरे ।

तामाङ दार्जीलिङ नगरपालिकाका पाले थिए र उनी शनिवार भएको आन्दोलनमा प्रहरीको गोली लागी घाइते भएका थिए । मंगलवार बिहान उनले सिक्किमस्थित मणिपाल अस्पतालमा प्राणत्याग गरेका थिए । उनका दुई सन्तान छन् ।
असार ३१ गते गोर्खाल्यान्ड आन्दोलनको अनिश्चितकालीन हडतालको एक महिना पुग्दैछ । उक्त अवसरमा सबै दलका नेताहरू दार्जीलिङको चौरस्तामा अनिश्चितकालीन भोक हडतालमा जाँदैछन् ।

जीएनएलएफका तर्फबाट नीरज जिम्बा, गोजमोका तर्फबाट उपमहासचिव विनय तामाङ र अखिल भारतीय गोर्खा लीगका तर्फबाट प्रताप केरीले भोक हडतालमा भाग लिँदैछन् । अन्य दलले आगामी दुई दिनभित्र प्रतिनिधि नियुक्त गर्दैछन् ।

दी इन्डियन एक्सप्रेसबाट