भक्तपुरको चुनाब जिल्ला अध्यक्षले नै हराए : रबिन्द्र प्रताप शाह

7326

राप्रपा चाँगुनारायण नगरपालिका वडा नंम्वर २ यूबक संठनले गरेको युवा भेलालाई सम्बोधन गर्दै राप्रपाका पुर्व सहमहामन्त्री तथा केन्द्रीय सदस्य रबिन्द्र प्रताप शाहले भक्तपुरको स्थानीय निर्वाचनमा राप्रपालाई हराउन जिल्ला अध्यक्ष दिनेश श्रेष्ठ आफैँ लागि परेको आरोप लगाएका छन् ।

उनले कुनै पनि चुनाबी सभामा जिल्ला अध्यक्ष सहभागी नभएको र आफू मेयरको उमेद्वार रहेको चाँगुनारायण नगरपालिकामा अध्यक्ष निकट कार्यकर्ता प्रयोग गरि एमालेलाई भोट दिन लगाएको समेत आरोप लगाएका छन ।

पछिल्लो समय राप्रपाको बिधानमा नै नभएको कार्य सम्पादन समिति बनाएर पार्टीको नीति बिपरित कार्य गरेकाले अध्यक्ष पदबाट हटाउने प्रकृया अघि बढाइएको उनले बताए । उनले चुनाबको परिणामबाट सन्तुष्ट रहेको बताउदै युवाहरूको योगदानको सराहना गरेका थिए।

कार्यक्रममा योबती कार्की,माधब खत्री,ईश्वर थापा,सन्तोष केसी लगायतले नेतृत्व तहले नै चुनाव हराउन उद्दत रहेकाले आलोचना गर्दै युवाहरूलाई प्रदेशको चुनाबको तयारिमा लाग्न आग्रह गरेका थिए। कार्यक्रम हरित न्यौपानेको सभापतीत्वमा सम्पन्न भएको थियो।