ट्रम्पले जलवायु सन्धिसम्बन्धी निर्णय उल्ट्याउने आशा

358

पेरिस (फ्रान्स) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग्याउने निर्णय फिर्ता लिन सक्ने आशा गरिएको छ ।

फ्रान्सेली साप्ताहिक पत्रिका सण्डेज न्यूजपेपरका अनुसार राष्ट्रपति इम्यानुएल म्याक्रोँले यस्तो आशा व्यक्त गरेका हुन् । ‘आउँदा महीनाहरूमा आफूले समाधान खोज्ने कोशिस गर्ने ट्रम्पले मलाई बताएका छन्,’ आफूहरूबीच यसै हप्ता पेरिसमा भएको भेटवार्तातर्फ औल्याउँदै पत्रिकालाई म्याक्रोँले भने ।

सो वार्तामा आफूलाई वार्तामा फर्काउन सक्ने चिजबारे आफूहरूबीच विस्तारमा कुरा भएको उनले बताए । पेरिस सम्झौता चीन र भारत जस्ता ठूला प्रदूषण उत्पादन गर्ने देशहरूप्रति निकै नम्र रहेको र यसले अमेरिकी उद्योगलाई जोखीममा पारेको वार्तामा ट्रम्पले भनेको पत्रिकामा छापिएको छ ।

यद्यपि, सो वार्तामा ट्रम्पले सन् २०१५ को पेरिसमा सम्पन्न जलवायु परिवर्तनसँग सम्बन्धित सम्झौतामा अमेरिका फर्कन सक्ने सम्भावना भने खुलै राखेका छन् । अमेरिकाको लागि राम्रो हुने सम्झौतामा संलग्न हुन आफू सधैं तयार रहेको ट्रम्पले बारम्बार बताउँदै आएका छन् । एजेन्सी