रेमिट्यान्स ६३३ अर्ब ४२ करोड

470

गत आर्थिक वर्षको ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह सामान्य वृद्धि भएको छ ।   गत जेठसम्म रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले वृद्धि भई ६ खर्ब ३३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ८.६ प्रतिशत वृद्धि भएको थियो । अघिल्लो आवको भन्दा गत आवमा रेमिट्यान्स आप्रवाह वृद्धि दरमा कमी आएको छ । अघिल्लो आवमा ६ खर्ब ६५ अर्ब बढी रेमिट्यान्स आप्रवाह भएको थियो ।

यस्तै पेन्सन आप्रवाह पनि ०.९ प्रतिशत मात्र बढेको छ । गत जेठसम्म ४२ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ प्राप्त भएको छ । अघिल्लो आवको सोही अवधिमा ४१ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ प्राप्त भएको थियो ।