बि.पि स्मृति दिवसको अवसरमा सुडालमा वृक्षारोपण

1244

चाँगुनारायण । बि.पि स्मृति दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ मा वृक्षारोपण गरिएको छ ।

स्थानियको प्रयासमा जाल्पा देवि कृषि समुहको आयोजनामा सुडाल फुयाँल गाउँको

खाली जग्गामा वृक्षारोपण गरिएको हो ।

वातावरण जोगाउँ हरियाली वढाउँ भन्ने नाराका साथ वृक्षारोपण गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापती जीवन खत्रीले वताउनुभयो ।उहाँका अनुसार वि.पिको योगदानलाई सवैले सम्झनु पर्ने वताउनुभयो ।

यस्तै कार्यक्रममा उपस्थित नेपाली काँग्रेसका नेता राजाराम खड्का, सरु वस्नेत , यादव अधिकारी , जनक खत्री , श्रीराम दुलाल,शिवहरी तिमिल्सेना, दुर्गा फुयाँल लगाएतका सहभागीले वि.पिको योगदानका सम्वन्धमा प्रकास पारेका थिए । वृक्षारोपण कार्यक्रममा विभिन्न जातका १०० भन्दा बढि विरुवा रोपिएको थियो ।