८५ हजारसहित १२ जुवाडे समातिए

2169

भक्तपुर, साउन ८ । महानगरीय प्रहरी परिसर भक्तपुरले १२ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । अवैध जुवा खेलिरहेका ला मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सुदर्शन बिष्टको घरबाट उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी कृष्ण प्रसाईंका अनुसार जुवा खेलिरहेको खालबाट महानगरिय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरुबाट ८५ हजार १ सय ९० रुपैया र तास १५ बुक समेत बरामद गरेको छ । भक्तपुरमा पछिल्लो समय जुवा खालमा विशेष निगरानी राखेको प्रहरीले जुवाका खालमा छापा मार्ने कार्यलाई तीब्रता दिइरहेको छ ।