भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसले सोमबार विहान क्याम्पस परिसर सरसफाईको शुभारम्भ गरेको छ ।
क्याम्पस परिसरमा बढेका घाँसहरु काट्ने र व्यवस्थापन गर्ने काममा विद्यार्थीहरु आफै सक्रियतापूर्वक जुटेका हुन् । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर बहुमुखी क्याम्पसका सहायक प्रमुख सरोज कुमार तिमिल्सिनाले स्ववियुले उदाहरणीय कामको थालनी गरेको प्रशंसा गर्दै यसको निरन्तरताको कामना गर्नुभयो ।
त्यस्तै आयोजक स्ववियुका अध्यक्ष दिनेश खड्गीले क्याम्पसको सरसफाई कार्यक्रमलाई नियमित गर्दै जाने प्रतिबद्धता जनाउँदै क्याम्पसका सम्पूर्ण विद्यार्थी, प्राध्यापकहरुमा सहभागीताको निम्ति आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघसम्बद्ध विद्यार्थी कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो भने क्याम्पसमा क्रियाशील अन्य विद्यार्थीहरु संगठनहरुको सहभागीता रहेको थियो ।मजदुर