नेपाली ईञ्जिनियरले भारतीय प्रविधि कम्पनीहरुमा रोजगरी पाउने
काठमाडौ । ई–ज्ञानकुञ्ज एडु सिस्टम्स प्रालिले भारतको ट्रान्सन्यूरोन टेक्नोलोजिजसंग सहकार्य गरी नेपालमै पहिलो पटक अनलाईन लर्निग प्रणालीको शुरू गरेको छ । ई–ज्ञानकुञ्ज नाम दिइएको सो प्रणालील ेउद्योग तथा प्राज्ञिक क्षेत्रले आपसमा सहकार्य गर्ने वातावरण प्रदान गरी शिक्षा, शिप, रोजगारी र उद्यमशिलता विचमा रहेको खाडल पुर्ने ्विश्वास लिइएको छ । सो प्रणाली नेपालमा शुरु गर्न आज काठमाडौमा एक कार्यक्रमकाविच ई–ज्ञानकुञ्ज एडु सिस्टम्स प्रालिका प्रवन्ध निर्देशक सुबोध त्रिपाठी तथा ट्रान्सन्यूरोन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत शिवम शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
ई–ज्ञानकुञ्जमार्फत एकै प्रणालीबाट विद्यार्थीले जुनै पनि ठाऊँ र जुनै पनि समयमा अध्ययन गर्ने, प्रयोगशाला प्रयोग गर्ने, प्रोजेक्ट गर्ने, भिडियो बायोडाटा अपलोड गर्नेस विश्वविद्यालय र कलेजहरुले विभिन्न कोर्ष पढाउने, जाँच लिने तथा उद्योगहरुले सिधै आफ्नो आवश्यकता अनुसार कोशिप भएको कर्माचारी भर्ना गर्न सक्नेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवम शर्मा भन्छन्, यो प्रणालीले उद्योग तथा व्यापारीक घरानाले आफ्नो आवश्यकता अनुसार कोशिप भएको कर्माचारी भर्ना गर्न पाउने भएकाले तालिमको ठूलो खर्च घटाउन तथा उत्पादन शिलता बढाउन सक्छन् ।
“५० हजारभन्दा बढि विद्यार्थी, ५० भन्दा बढि, विश्वविद्यालय र कलेजहरु जस्ता विश्व प्रशिद्द कम्पनीहरू तथा भारतको आन्ध्र प्रदेश र कर्नाटका राज्य सरकारले सफलतापूर्वक प्रयोग गरिरहेका ट्रान्सन्यूरोनको प्रयोग गरी नेपालमा यो सेवा प्रदान गर्न पाउँदा हामी हर्षित छौं “ उनी भन्छन् । यो ई ज्ञानकुञ्ज एडु सिस्टम्स र ट्रान्सन्यूरोनको सहकार्यले भारतीय प्रविधि कम्पनीहरुमा ईन्टर्न्शिप तथा रोजगारीका अवसर सिर्जना गर्नेछ । त्यसका साथै विद्यार्थिलाई ई ज्ञानकुञ्जमार्फत प्राविधिक, व्यवसायिक तथा कानूनी परामर्श प्रदान गरी आफ्नै व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्न समेत प्रेरित गरिने प्रवन्ध निर्देशक त्रिपाठीले बताए । सो कार्यको शुरु गर्न सन् २०१७ भित्र विभिन्न विश्व विद्यालयहरुबाट १० जना जेहेन्दार विद्यार्थिलाई भारतीय प्रविधि कम्पनीहरुमा ईन्टर्न्शिप तथा रोजगारी तथा आफ्नै व्यवसाय सञ्चालन गर्ने अवसर प्रदान गरिने पनि उनले जनाए ।