सल्लाका रुख विस्थापित गर्न वृक्षारोपण

1437

नगरकोट । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ र काभे्र जिल्लाको वनेपा नगरपालिका वडा नं. १ को दोसाँधमा रहेको ढुङ्गे पाखा वहाल वनमा वृक्षारोपण सम्पन्न भएको छ ।

सल्लाको रुखलाई विस्थापित गरी चिलाउने, मसला, बकाइनो लगाएतका पात हुने विरुवाहरुको संरक्षण गर्ने उद्येश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको उपभोक्ता समितिका अध्यक्ष वेल वहादुर तामाङले बताउनुभयो ।
सल्लाको रुखले जमीनको पानी सोस्ने, त्यसको सोतर गल्न लामो समय लाग्ने र सल्ला भएको ठाउँ रुखो भई अन्य केहि नउम्रिने हुनाले विस्थापीत गर्न लागिएको तामाङले बताउनुभयो । उहाँ भन्नुहुन्छ अन्य काठको तुलनमा सस्तो पनि छ । त्यसैले गाई वस्तुको लागि हुने सेउला, कम्पोष्ट मलका लागि प्रयोग हुने पात, वलियो काठ हुने जस्ता विरुवाहरु मसला, चिलाउने, बकाइनोलगाएतका विरुवाहरु लगाइएको तामाङले बताउनुभयो ।


एसियन फ्रेण्डसिप सोसाइटी जापानको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा चिलाउनेका एक हजार विरुवाहरु रोपिएका छन् । सोसाइटीले वृक्षारोपण, गोबर ग्याँस प्लान्ट निर्माण, खानेपानी, विद्यालय स्तरीय वातावरणीय क्रियाकलाप, विद्यालय निर्माणमा सहयोग जस्ता कार्य गर्दै आएको नेपाल प्रमुख नोरीको आछुतो मल्लले बताउनुभयो ।
भक्तपुर तथा काभ्रे जिल्लाका समुदायहरुको सहभागितामा ढुङ्गे पाखा वहाल वन सामुदायिक उपभोक्ता समिति गठित छ । र सो क्षेत्रमा विगत पाँच वर्ष देखि सोसाइटीको सहयोगमा वृक्षारोपण गरिदै आएको वन उपभोक्ता समितिले जनाएको छ ।