अमेरिका–उत्तर कोरियाले आफ्नो विवाद आफैं समाधान गर्नुपर्छः चीन

342

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूतले अमेरिका र उत्तर कोरियाबीच रहेको तनाव दुई राष्ट्रले आफैं समाधान गर्नुपर्ने बताएका छन् ।

राष्ट्रसंघका लागि चीनका राजदूत  लिउ जिइले अमेरिका र उत्तर कोरियाबीचको तनाव साम्य पार्न चीनले भूमिका खेले पनि त्यो व्यवहारिक र लामो समय टिक्न नसक्ने प्रस्ष्ट पारेका हुन् ।
अवस्थालाई सबल दिशामा लैजानु प्राथमिकतः अमेरिका र उत्तर कोरियाको जिम्मेवारी हो, चीनको होइन, जेइले भने ।
उत्तर कोरियाको लामो दुरीको दोस्रो व्यालेष्टिक मिसाइल परिक्षण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरको आणविक कार्यक्रम उपर चीनले केही गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

“चीन जति नै सबल र सक्षम भएपनि यसले व्यवहारिक नतिजा भने निकाल्न सक्दैन, यसमा दुबै राष्ट्रको भूमिका अपरिहार्य छ,” राष्ट्रसंघ मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा लिउले भने ।

कुनै पनि राष्ट्रको नाम नलिइकन उनले केही राष्ट्रले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावना तनाव बढाएर र संवादको लागि स्थिति बिगारेर उल्लंघन गरेको पनि आरोप लगाएका छन् ।

आइतवार मात्रै पनि राष्ट्रसंघको लागि अमेरिकी राजदूत निक्कि हेलीले गत हप्ताको मिसाइल परिक्षण पश्चात बैठक बोलाइए उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदाय चुनौती दिने पक्षमा नरहेको सन्देश प्रवाह हुनसक्ने र पहिले पनि यस्तो देखिएको भन्दै बैठक नबोलाउने निर्णय गरिएको बताएकी थिइन् ।

यता चीनका राष्ट्रसंघीय राजदूतले पनि आफुहरु निरन्तर संवादमा रहेको बताएका छन् ।

हामी नियमित सम्पर्कमा छौं । सुरक्षा परिषद्ले के गर्नुपर्छ भन्ने विषयमा छलफल चलिनै रहेको छ र नयां प्रस्तावनाबारे छलफल पनि चलिरहेको छ, लिउले रिपोर्टरहरुलाई भनेको अलजजिराले जनाएको छ ।

उत्तर कोरियाको नजिकको मित्र मानिएको चीनसंग अमेरिकाले करिब एक महिना चीनसँग उत्तरलाई कस्तो प्रकारको प्रतिबन्ध लगाउने भन्ने विषयमा छलफलमा रहेको थियो । गत जुलाई ४ को मिसाइल परिक्षण पछि हेलीले चीनलाई राष्ट्रसंघको सुरक्षा परिषद्को लागि एक प्रस्तावना बुझाएकी थिइन् ।

उत्तर कोरियामाथि कुनै प्रकारको प्रतिबन्ध लगाउनुअघि अमेरिकाले चीनसंग यस विषयमा छलफल गर्दै आएको छ ।