२० जना महिलासँग विवाह गरेर १२५ सन्तानका पिता बनेपछि…

344

एजेन्सी । क्यानडामा २० जना महिलासँग विवाह गरी १२५ सन्तानका पिता बनेका एक तथा पाँचजना महिलासँग विवाह गरी २१ सन्तानका पिता बनेका अर्का व्यक्तिलाई अदालतले बहुविवाहको अरोपमा दोषी ठहराएपछि जेल चलान गरिएको छ ।

गत सोमबार पूर्वी क्यानडाको क्रानब्रुक सहरमा बसोबास गर्ने विन्स्टोन ब्ल्याकमोर र जेम्स मोरियन ओलेरलाई बहुविवाह गरेको आरोपमा पाँच वर्षपछि अदालतले दोषी ठहराएपछि जेल चलान गरिएको हो ।

२० जना श्रीमती र १२५ सन्तानका पिता विन्स्टोन ब्ल्याकमोर र पाँचजना श्रीमती र २१ सन्तानका पिता मेरियन ओलेरलाई १२७ वर्षअघिको ‘एफएलडिएस’ कानुनअनुसार दोषी ठहराइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सन् २०११ मा नै उनीहरुविरुद्ध आरोप लागपनि अदालतले दोषी ठहराउन सकेको थिएन । क्यानडामा संविधानले दिएको धार्मिक स्वतन्त्रताअनुसार बहुविवाह गर्न छुट दिइएको छ ।

सोहीकारण त्यहाँको सरकारले गत तीन वर्षमा तीनजना विशेष सरकारी वकिल नियुक्त गरेपनि उनीहरुलाई दोषी सावित गर्न सकिएको थिएन ।अन्त्यमा क्यानडमा १२७ वर्षअघि लागू भएको ‘एफएलडिएस’ कानुनलाई आधार बनाइएपछि उनीहरु दोषी ठहरिएका हुन् ।

उक्त कानुनमा धार्मिक स्वतन्त्रताको नाममा समाजमा हिंसा भड्काउन बहुविवाह गर्नु अपराध हुने कुरा उल्लेख गरेको भेटिएको र उनीहरु दुबैले बहुविवाह गरेको स्वीकारेकाले फैसला सुनाइएको ब्रिटिस कोलम्बिया प्रान्तका न्यायाधीश शेरी एन डोनेगन प्रेस्डले बताए ।

उक्त कानुनअनुसार उनीहरु दुबैजनाले अधिकतम् पाँच वर्ष जेल भुक्तान गर्नुपर्ने हुन्छ । यता, ब्ल्याकमोरका कानुनी सल्लाहकार ब्लेर सुफ्रेडाइनले भने अदालतले संविधानविपरीत फैसला गरेकाले माथिल्लो अदालतमा पुनः अपिल गर्ने बताएका छन् ।