वाईसीयलको महासचिवमा भक्तपुर ईन्चार्ज अरुण घिसिङको दावी

809

भक्तपुर । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीयल नेपालको राष्ट्रिय सम्मेलनको निर्णय संगै वाइसीइल नेपालको सम्मेलन तयारीले तदारुकता पाएको छ ।

राष्ट्रिय सम्मेलन आउँदो भदौ २ र ३ गते काठमाण्डौंमा सम्मेलन हुँदै छ ।

वाईसीइलको राष्ट्रिय सम्मेलनको दिन नजिकिदै गर्दा यसमा विभिन्न पदका लागि दावा एवं तयारीले पनि प्राथमिकता पाएको छ ।

नयाँ नेतृत्वको चयनका लागि सहमतिको प्रयास जारी रहेपनि विभिन्न पदका लागि विभिन्न जिल्लावाट दावा गर्ने पनि उत्तिकै रहेका छन् ।

युवा मर्ज हुनु पूर्व क्रान्तिकारी युवा वीङ्गका महासचिव एवं भक्तपुर वाइसीयल ईन्चार्ज समेत रहेका अरुण घिसिङले पनि राष्ट्रिय सम्मेलनमा महासचिवमा आफ्नो दावा गर्नुभएको छ ।

उहाँले आफ्नो पक्षमा सहमती हुनेमा आफु सत प्रतिशत विश्वस्त रहेको समेत जनाउनुभएको छ । उहाँका अनुसार उक्ता पदका लागि आफु उपयुक्त रहेको र लामो संघर्षको शिरावाट आफु यस अवस्थामा आएका कारण पनि आफु प्रति साथीहरुले सहयोग र साथ रहनेमा आफु विश्वस्त भएको उहाँले वताउनुभयो ।

उहाँका अनुसार नेतृत्वको लागि जस जसको दावा रहेपनि निर्वाचन प्रक्रियावाट जो विजय भएपनि संगठनको हितमा नै हुने आफुले विश्वास राखेको वताउनुभयो ।