भक्तपुरमा खोलाले बगाउदाँ एक महिलाको मृत्यु

2456

खोलाले बगाउदाँ भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो ३ बजेतिर सूर्यविनायक नगरपालिका ७ नम्बर वडामा रहको पाटीचौर स्थितमा रहेको ठाडो खोलाले बगाउदाँ सोही नगरपालिका ४ की ५६ वर्षिय सत्यवती खड्का मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खड्का खोला तर्ने क्रममा खोलाले बगाई मृत्यु भएको स्थानीयले प्रहरीलाई बताएका छन् ।

शवको पोष्टमार्डमको लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।