नेपाल लिपि गुथिको शाखा गठन

538

मध्यपुर थिमि – मध्यपुर थिमि नगरपालिकाको सहयोगमा आदिवासी जनजाती महासंघ मध्यपुर थिमि समन्वय परिषद्को आयोजनामा प्रचलित नेपाल लिपि प्रशिक्षण दिइरहेको उक्त कार्यक्रममा नेपाल लिपि गुथिको पहिलो शाखा गठन गरिएको छ ।

परिषद्का अध्यक्ष हरिबहादुर श्रेष्ठको सभापतित्वमा भएको भेलमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । उक्त समितिमा संयोजक जगतकृष्ण पात्या श्रेष्ठ सचिव प्रदिप जामन श्रेष्ठ, कोषाध्यक्ष्ँ संगिता छाबन्जाः श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा बाबुकाजी साःछे“ श्रेष्ठ, बिक्की बज्राचार्य, हरिबहादुर पांगु श्रेष्ठ, राजकृष्ण जोशी, विनोद श्रेष्ठ, सुरोज श्रेष्ठ, विभूषण कायस्थ, प्रदिप श्रेष्ठ, मलिसा श्रेष्ठ, इन्द्रलक्ष्मी भासिमा, निरञ्जन तःमिदेवाः श्रेष्ठ, निरन बज्राचार्य, तुल्सीहरि प्रजापति र सम्झना श्रेष्ठ रहनु भएको थियो ।

नेपाल लिपि गुथि काठमाडौंका केन्द्रीय अध्यक्षविजयी टिमलाई बधाइ दिंदै नेपालको आºनै मौलिक पहिचान भएको लिपिलाई संरक्षण, सम्वद्र्धन र विकास गर्न थिमिका युवाहरु जागृत भएकोमा खुशी लागेको र नेपाल लिपि गुथिको पहिला शाखा गठन भएको जानकारी दिंदै गुथिले हरेक जिल्लाहरुमा शाखाको विस्तार गर्ने लक्ष्य लिएको यसलाई विश्वव्यापी रुपमा हाम्रो पहिचानलाई अगाडि लानको लागि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । सोही कार्यक्रममा गुथिका सचिव पवित्र बज्राचार्यले गुथिको मुख्य उद्देश्य नै मौलिक पहिचान भएको हाम्रो गौरव भएको लिपिलाई विकास गरी आधुनिकरण गरेर नया“ टेक्नोलोजीमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लिपि प्रशिक्षक बिक्की बज्राचार्य र जगतकृष्ण पात्या श्रेष्ठ मन्तव्य दिनु भएको थियो ।