गजल , शिक्षक

1296

खोजक हरि

कक्षा छोडी सडकमा आन्दोलन गर्छन् शिक्षक

राजनीति गर्नतिरै आहा१ मन गर्छन् शिक्षक ।

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर

नानाथरि माग बोकी अनसन गर्छन् शिक्षक ।

दशबजे आउने अनि चारबजे जाने गर्दा

लाग्छ, साँच्चै राम्रो नाटक मञ्चन गर्छन् शिक्षक ।

दिनदिनै जिशिका र मालपोत धाउँदा भने

हाजिर पछि टाप कस्ने नयाँ चलन गर्छन् शिक्षक

मैनबत्ती बनेर लौ ल्याउँछ उज्यालो भन्थे

सोच्दैछु त्यो जिम्मेवारी कहिले बहन गर्छन् शिक्षक ।