भक्तपुर । नेकपा माओवादी केन्द्रको जनवगीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी ) को २१ औं राष्ट्रिय सम्मेलनको निर्णय संगै सम्मेलनको तयारीले विद्यार्थीमा तदारुकता छाएको छ । राष्ट्रिय सम्मेलन आउँदो भदौ ७ देखि ११ काठमाण्डौंमा हुँदै छ ।
अनेरास्वियू (क्रान्तिकारीको) राष्ट्रिय सम्मेलनको दिन नजिकिदै गर्दा यसमा विभिन्न पदका लागि दावा एवं तयारीले पनि प्राथमिकता पाएको छ ।
नयाँ नेतृत्वको चयनकालागि विभिन्न पदमा जिल्ला जिल्लावाट दावा गर्नेको संख्या पनि उत्तिकै रहेका विद्यार्थी बताउँछन् ।
विद्यमान केन्द्रिय सचिव , तीन नंम्वर प्रदेशको विद्यार्थीको सह संयोजक भक्तपुर निवासी राम राजचलले पनि राष्ट्रिय सम्मेलनमा महासचिव पदमा आफ्नो दावा गर्नुभएको छ ।
जनयुद्दका होनहार योद्दा नेकपा(माओवादी ,केन्द्र )का केन्द्रिय सदस्य ( महाधिवेशन आयोजक समिति) सदस्य राम राजचलका अनुसार जनयुद्व देखि नै आफु विद्यार्थीको हक हितकालागि लड्दै आएका कारण आफु उक्त पदका लागि उपयुक्त भएको वताउनुभयो ।
विद्यार्थी राजनितिमा उपत्यकाका विद्यार्थीको भुमिका कमजोर हुँदै गएको उहाँको ठम्मयाई रहेको छ । उपत्यकाको विद्यार्थी राजनितीक स्तर उकासनका लागि पनि आफ्नो उम्मेदवारी रहने राजचल वताउनुहुन्छ । उहाँले आफ्नो पक्षमा सहमती हुनेमा आफु विश्वस्त रहेको समेत जनाउनुभएको छ ।
उहाँका अनुसार उक्ता पदका लागि आफु उपयुक्त रहेको र लामो संघर्षको शिरावाट आफु यस अवस्थामा आएका कारण पनि आफु प्रति साथीहरुले सहयोग र साथ रहनेमा आफु विश्वस्त भएको उहाँले वताउनुभयो ।
उहाँका अनुसार नेतृत्वको लागि जस जसको दावा रहेपनि निर्वाचन प्रक्रियावाट जो विजय भएपनि संगठनको हितमा नै हुने आफुले विश्वास राखेको वताउनुभयो ।
हाल अखिल क्रान्तिकारी केन्द्रिय समितिमा ९ सय ९९ केन्द्रिय सदस्य रहेका छन् । नयाँ कार्यविधि मस्यौदा २०७३ अनुसार १ अध्यक्ष , उपाध्यक्ष खुल्ला वाट ३ जना १ जना छात्रा र १ मधेसी प.ह.नि.हु.विधिवाट निर्वाचित हुने , १ महासचिव , १३ सचिव जसमा ७ प्रदेशवाट, २ छात्रा, १ जनजाती , १ दलित, १ मधेसी÷मुश्लिम , १ वि.विहरु वाट , १ कोषाध्यक्ष , सदस्यमा ११४ प्रादेशीक रुपमा , ३६ केन्द्रिय समितिको पुर्ण बैठकले समावेशीताका आधारमा मनोनित गर्ने गरि जम्मा १५१ जनाको केन्द्रिय समितिको गठन हुने छ ।