आज राति खण्डग्रास चन्द्रग्रहण ,मीन, कर्कट र वृश्चिक राशीकालाई यो ग्रहण शुभ

4768

काठमाडौँ ।  सोमबार राति ११ः०७ बजे खण्डग्रास चन्द्रग्रहण परेको छ ।  सूर्य, पृथ्वी र चन्द्रमा समान रेखामा परेर चन्द्रमामा पृथ्वीको  छायाँ पर्न जाने यो खगोलीय प्रक्रिया नै  चन्द्रग्रहण हो ।

ज्योतिषीय विधानअनुसार मकर राशीको श्रवण नक्षत्रमा यो ग्रहण पर्छ ।  मकर राशीका व्यक्तिले यो चन्द्रग्रहण अवलोकन गर्नु घातक हुन्छ ।  मकर, कन्या र वृष राशीकालाई पनि यो अशुभ छ ।  मेष, धनु र सिंह राशीकाले ग्रहण अवलोकन गर्दा शत्रुनाश हुन्छ ।

मिथुन, कुम्भ र तुला राशीलाई कार्यनाशको फलको योग छ ।  मीन, कर्कट र वृश्चिक राशीकालाई यो ग्रहण शुभ छ ।  ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार अशुभ हुनेले इष्ट देवता र पितृको आराधना गर्नु राम्रो हुन्छ ।
ग्रहणका समयमा मैथुनादि कार्य बर्जित छ ।

सोमबार ११ः०७ बजे लाग्ने ग्रहणले मङ्गलबार १ः०५ बजे ग्रहण छोड्छ ।  ग्रहण लाग्नु नौ घण्टा अगावै ग्रहणको सुतक पर्ने भएकाले यो समय सुतक बार्नु उपयुक्त हुन्छ ।

ज्योतिषी डा. लोकराज पौडेलका अनुसार ग्रहण समापनपछि त्रिवेणी दोभान वा नदी तलाउमा स्नान गर्ने वा यसो गर्न नसक्नेले पानी उपलब्ध हुने स्थानमा स्नान गरेर ब्राह्मणलाई दान र पितृलाई तर्पण दिनु राम्रो हुन्छ ।

 

थप समाचार

सोमबारको दिनमा लाग्दैछ ग्रहण, ग्रहणको बेला गर्नु हुँदैन यी कामहरु

 

सोमवार लाग्दै छ ग्रहण , यस्तो मन्त्र जपे मा हुनेछ धन प्राप्ती

 

चन्द्रग्रहणको ज्योतिषशास्त्रीय विश्लेषण