कोरियामा किरान्तीलाई साहित्य सम्मान

692

सोल  – नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्य समाज दक्षिण कोरियाले कवि, लेखक एवं नयाँशक्ति पार्टीका युवानेता मिलनकान्छा किराँतीलाई साहित्य सम्मान–पत्र प्रदान गरेको छ । किराँतीको दुई कविता सङ्ग्रह, एक कथा सङ्ग्रह मातृभाषा (वाम्बुले राई) र नेपाली भाषामा प्रकाशित भईसकेका छन् । उनले राष्ट्रिय दैनिक छापा, अनलाईन डिजिटल पत्रिकाहरुमा कविता, आख्यन तथा समसामयिक, विचारोत्तेजक राजनितिक, सामाजिक एवं विविध विषयमा सशक्त कलम चलाउदै आएका छन ।

प्रवासमा रहेर नेपाली साहित्य र समाजसेवामा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको उक्त संस्थाले जनाएको छ । नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष कवि पराजित पोमु एवं नेपाली साहित्य समाज कोरियाका अध्याक्ष कवि यल्जी विबशले सयुंक्त रुपमा किरातीलाई सम्मान–पत्र प्रदान गरेका थिए ।

कोरियाको दोस्रो ठूलो सहर बुसान हेउन्देमा इतर साहित्य मेला आयोजना गरिएको उक्त अवसरमा किरातीलगायत अन्य केही स्रष्टाहरुसमेत सम्मानित भएका थिए । साहित्य मेलामा वृहत पुस्तक प्रदर्शनीमा वाचन, पुस्तक समीक्षा र समकालीन फरक साहित्य अनुभूति चिञ्तन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।