Home समाचार सगरमाथा आरोहण गरेको झुटो दाबी गर्ने भारतीय प्रहरी दम्पती बर्खास्त
काठमाडौं। भारतीय प्रहरीले सगरमाथा आरोहण गर्ने भारतकै पहिलो जोडी बनेको झुटो दाबी गर्ने प्रहरी अधिकृत दम्पतीलाई सेवाबाट बर्खास्त गरेको छ ।
दिनेश र तारकेश्वरी राठोर नाम गरेका ती भारतीय प्रहरी अधिकृत दम्पतीले गत वर्ष सफलतापूर्वक सगरमाथा आरोहण गरेको दाबी गर्दै विभिन्न प्रमाण पेस गरेका थिए ।
तर, महाराष्ट्र राज्यको प्रहरीले उनीहरुले फोटोसप प्रविधिको प्रयोग गरी जोडजाड पारिएको तस्वीर तयार गरेको निश्कर्ष निकालेको हो ।
गत वर्ष मे २३ मा सगरमाथाको चुचुरोमा पुगेको उनीहरुको दाबीमाथि अरु आरोहीहरुले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो ।
यसअघि, नेपालले राठोर दम्पतीको दाबी झुठो भन्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लगाइसकेको छ ।
Related