इन्जुरी टाइमको गोलले स्पेन बन्यो समूह विजेता

366

काठमाडौं । एगो आसपासको इन्जुरी टाइमको गोलको मदतमा स्पेनले मोरक्कोसँग बराबरी खेलेको छ र समूह बीको विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ ।

सोमबार राति भएको खेलमा स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको हो । त्यही समयमा भएको खेलमा इरानले पोर्चुगलसँग बराबरी खेलेको थियो र र यदि स्पेन हारेको भए अप त्यासित रुपमा समूह चरणबाटै बाहिरिने खतरा थियो ।

तर, आसपासको गोलले बचाएको छ ।

खेलमा अग्रता भने मोरक्कोले १४ औं मिनेटमा बाउटेबको गोलबाट लिएको थियो । तर, पाँच मिनेटपछि नै इस्कोले बराबरी गोल गरे ।

दोस्रो हाफमा नोर्दिन अमराबतको प हार बारमा लाग्दा मोरक्कोका समर्थक चुकचुकाए । ८१ औं मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई रुस विश्वकपमा पहिलो जितको आश जगाए ।

तर, इन्जुरी टाइमको सुरुवातमा स्पेनका असपासले बराबरी गोल फर्काए । ड्यानी कार्भाजलको पासमा गरेको उनको यो गोललाई भीएआर रिभ्यूपछि मात्र मान्यता दिइएको थियो ।

जितसँगै समूह बीमा रहेको स्पेन र पोर्चुगलको समान ४–४ अंक भएको थियो । तर, गोल अन्तरका आधारमा स्पेन समूह विजेता बन्दा पोर्चगल उपविजेता बन्यो ।

अब स्पेनले नकआउट चरणमा आयोजक रसियासँग खेल्दा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।