काठमाडौँ – काठमाडौँको डल्लु आसपास केन्द्रबिन्दु भएर भूकम्पको झड्का गएको छ |
आज बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
उक्त झड्का ‘गोरखा भूकम्प’को परकम्प हो ।
उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।







































