काठमाडौं : वसुन्धारस्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा अज्ञात वस्तुको विस्फोट भएको छ। शुक्रबार साँझ करिब ८ बजे पार्किङमा राखिएको गाडीमा अज्ञात वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटबाट गाडी पूर्णरूपले ध्वस्त भएको छ भने घरमा पनि क्षति पुगेको छ। त्यस्तै, छिमेकीहरूको घरमा पनि अंशिक क्षति भएको बताइएको छ। दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको छ। उक्त घटनामा मानवीय क्षति नभएता पनि एक जना व्यापारी मनीराम पौडेल सामान्य घाइत भएको उनलाई अस्पताल लगिएको महाराजगञ्जका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंले थाहा खबरलाई बताए।
विस्फोट भएको ठाउँमा गहिरो खाडल बनेका बम विस्फोट भएको हुन सक्ने आशंका प्रहरीको छ। बम विस्फोट हो कि सिलिण्ड ग्यास भन्ने कुरा अनुसन्धानपछि मात्रै एकिन हुने प्रहरीले जनाएको छ।







































