जबरजस्ती करणीको आरोपमा युवा पक्राउ

305

उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका १ बाट स्थानीय १४ किशोरी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षे युवा पक्राउ परेका छन्। गएको फाल्गुन १७ गते राति ७ बजेको समयमा स्थानीय २५ वर्षीय मिनकुमार श्रेष्ठले १४ वर्षीया किशोरीलाई उनकै घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुर एसपी चन्द्रदेव राईका अनुसार पीडितका आफन्तले २० गते प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको बताए। ‘पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, उनले भने।

Source link