टिमुर खानुका यतिधेरै फाईदा, दाँतको समस्यादेखि तागत बढाउनेसम्म

1270

काठमाडौं । आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ। यसको प्रयोग दाँत दुःखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ।

ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ। टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ। खानामा टिमुरको मात्रा नियमित मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ। जाडो मौसममा बढी लाभदायी हुन्छ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड) को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ। आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ।