
अदिस अबाब। अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले बुधबार जानकारी गराएका छन्।
आइतबार चालकदलका सदस्यसहित १५७ जना लिएर उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो। विमानमा विभिन्न ३५ देशका यात्रुहरू रहेको कम्पनीले जानकारी गराएको छ।
प्रवक्ता असरत वेगासाले भने, “हामीले ब्लाक बक्सको विश्लेषणका लागि यूरोप पठाउने निर्णय गरेका छौँ। तर कुन देशमा पठाउने भन्ने बिषयमा सम्बन्धित देशको अनुमतिपश्चात सार्वजनिक गरिनेछ । हामीले अहिलेसम्म यही देश पठाउने भन्ने अझै टुङ्गो लागेको छैन।”
यस पहिले विमान कम्पनीले ब्लाक बक्स अध्ययनका लागि आफूहरूसँग सामग्री नभएको बताएको थियो। -एजेन्सी







































