भक्तपुर । नगरकोट नाल्दुम पर्यटन विकास समितिको अध्यक्षमा नविन गुरुङ विजयी भएका छन् । समितिको आठौं अधिवेशनबाट अध्यक्षमा नविन गुरुङ, उपाध्यक्षमा धन बहादुर लामा, सचिवमा प्रदिप जंगअधिकारी,कोषाध्यक्षमा विष्णु तामाङ र प्रवक्तामा रोहित तामाङ चयन भएका छन् ।
नवगठित कार्यसमितिमा क्यारोन ध्वंजु, डम्बर तामाङ, ओसिस ध्वंजु, धिरज वाईबा, नरेश भक्त श्रेष्ठ र राजकुमार मल्ल सर्वसम्मत सदस्यहरुमा चयन भएका हुन् ।







































