फरक यात्रामा लावण्य देश

916

स्कन्द पुराणको केदार खण्डमा उल्लेख छ– लावण्य देशको प्रसङ्ग ।

यो त्यही ठाउँ हो जुनअहिले साँखुका नामले चिनिन्छ । साँखु त्यही ठाउँ हो जहाँ हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म करिब एक महिना ठूलो मेला लाग्छ ।

यो त्यही मेलालाग्ने शालिनदी भएको पवित्र स्थान पनि हो ।
अहिले यही साँखुलाई केन्द्रविन्दु बनाएर वरिपरिका गाउँ मिलेर बनेको नगरपालिकाको नाम राखिएको छ– शङ्खरापुर । जसको प्रमुख हुन् सुवर्ण श्रेष्ठ ।

जो यो ठाउँको प्राचीन वैभव कायमै राखेर नगरलाई उन्नत बनाउने अभियानमा दिन-रात खटिरहेका छन् । शालिनदी मेला सुरु हुनुअघि नै बजारदेखि मेलास्थलसम्मको बाटो पिचगर्ने ध्याउन्नमा छन् ।

अनिनगरमा आधुनिकता भित्र्याउँदा प्राचीनता कसरी कायमै राख्ने भन्ने सवालमा पनि उत्तिकै सतर्कता साथ लागिरहेका छन् ।

तिनै ऊर्जावान प्रमुख सुवर्ण श्रेष्ठसँग नगरको विगतदेखि वर्तमान सम्म, भूकम्पदेखि पुनर्निर्माण सम्म र विनाश देखि विकास सम्म केन्द्रित रही  गरेको कुराकानी

 

के छ लावण्य देशको हालखबर ?
यो सहर झण्डै ३३ सय वर्ष पुरानो हो ।जसलाई भूकम्पले कुरूप बनाउन खोज्यो । अहिले हामी त्यही भूकम्पले दिएको चुनौती सामना गर्न लागिपरेका छौँ ।

भूकम्पसँग लड्न सकिएला र ?
हो, सकिन्न । तर उसले बिगारेका ऐतिहासिक धरोहर निर्माण गर्न त सक्छौँ नि ।अबबन्ने संरचना भूकम्पले नभत्काउने बनाउन त सक्छौँ नि । उसले बिगारेको कुरूपतालाई पुरानै तौरतवरमा ल्याउन त सकिन्छ नि । हामी अहिले यस्तै काममा केन्द्रित छौँ ।

त्यसो भए नयाँ बन्दैछ लावण्य देश ?
पक्का । साँखु बजार यतिबेला सम्पदा बस्ती बन्ने सुरसारमा छ । यहाँका घर पुनर्निर्माण होउन् या नयाँ बनून्, पुरानो सम्पदा झल्कने खालको हुनैपर्छ । यही कारण सम्पदा बस्तीमा पर्ने घर पुनर्निर्माणका लागि नगरपालिकाले भवन संहिता नै छुट्टै बनाएको छ । जसलाई घरवालाले पालना गर्नै पर्छ । त्यसरी बनाउँदा सहरको प्राचीनता कायमै रहने हाम्रो विश्वास छ ।

कसैले तपाईँहरूले भने जसरी बनाएन भने ?
तोकिएको ठाउँमा घर बनाउनेले यो भवन संहिता मान्नै पर्छ । नत्र नगरपालिकाले नक्शा पास नै गर्दैन । नक्शापास नगरी भवन बन्छ ? बने पनि त्यसले पानी, बिजुली जस्ता सुविधा पाउँछ र ? अर्को कुरा, यो नगरपालिकाको मात्र नभई सबै नगरबासीको कर्तव्य पनि त हो ।

सम्पदा बस्तीमा तपाईँहरूले भने जस्तो घर बनाउनेले थप सुविधा केही पाउँछ कि?
अवश्य पाउँछ । उसले सरकारले भूकम्पपी डितलाई उपलब्ध गराउने ३ लाख रुपियाँ बाहेक ५० हजार बढी पाउँछ सरकारबाट । अनि नगरपालिका बाट पनि छुट्टै एक लाख रुपियाँ पाउँछ । जसले गर्दा सम्पदा युक्त घर बनाउनेको सङ्ख्या बढ्दो पनि छ ।

के हुन्छ सम्पदा बस्तीमा अरु ?
हाम्रो साँखु बजारमा एउटा यस्तो प्राचीन कुलो छ जुन बस्तीको बीचबाट बग्छ ।जसले प्रत्येक घरलाई समेट्छ ।त्यसै गरी बजारमा केही पोखरी र सत्तल यस्ता छन् जसले सहरलाई जीवन्त बनाएका छन् । सहरको सौन्दर्य बढाएका छन् । बालबालिका र वृद्धवृद्धालाई आश्रय एवं मनोरञ्जन दिलाएका छन् । तिनको पनि संरक्षण गर्ने काम भइरहेको छ । पुनर्निर्माण सँगै ।

यो त भयो बजारको कुरा । बजारबाहिर पनि केही त भइरहेको होला?
किन नहुनु, प्रशस्त छन् । शङ्खरापुरका ८० प्रतिशत जमिन खेतीयोग्य छ । त्यसलाई भरपुर प्रयोग गरेर हामी निकै आर्जन गर्न सक्छौँ । यसकालागि हामीले किसानलाई खेती तर्फ आकर्षित गराउने कार्यक्रम ल्याएका छौँ । भनाइको मतलव अब यो नगरपालिकाका किसानले कृषि यन्त्र किन्दा नगरपालिकाले आधा अनुदान दिनेछ । कसैले हाते ट्रयाक्टर किनून् वाअन्य मेसिन, उसले नगरपालिकामा मूल्यकोआधा पैसा जम्मा ग¥यो भने हामी उसलाई चाहिएको उपकरण दिएर पठाउँछौँ ।

कृषिका लागि त सिँचाइआवश्यक पर्छ । सिँचाइ व्यवस्था छ त यहाँ?
कृषिका लागि सिँचाइको महत्व बुझेर नै हामीले वडा नं. १ को सल्ले पाखामा २ करोडको योजनामा सिँचाइको काम सुरु गरेका छौँ । जसबाट हजार रोपनी जमिनमा राम्रो बाली उत्पादन हुनेछ । त्यतिमात्र हैन, हामी यस क्षेत्रमा वागवानी विश्वविद्यालय खोल्ने प्रयासमा समेत छौँ ।

नगरको शैक्षिक हालत के छ नि?
भूकम्पले यहाँका प्रायः सबै शिक्षालयमा क्षति पु¥यायो । त्यसैले यति बेला हामी नगरमा रहेका ७ वटा माध्यमिक विद्यालयको भवन बनाउने कार्यमा तल्लीन छौँ । त्यसपछि हामी पठन पाठनको गुणस्तरमा पनि ध्याने दिनेछौँ ।

नगर त सफा देखिन्छ । केही जादु गर्नुभयो किक्याहो ?
स्वास्थ्य र सरसफाइ मान्छेका लागि एकदमआवश्यक चिज हो । त्यसैले हामीले ब्लु वेस्ट नामक कम्पनीलाई यो सहरको फोहोर सङ्कलन गर्ने जिम्मा दिएका छौँ ।उसलाई नगरपालिकाले यो प्रयोजनका लागि एक रोपनी जग्गाउपलब्ध गराएको छ । उसैले फोहोर लान्छ र मल बनाउँछ । सफाइ पनि, मल पनि, दोहोरो फाइदा पुगेको छ ।
अनि स्वास्थ्यका क्षेत्रमा भने यो नगरका ९ मध्ये ३ वटा वडामा स्वास्थ्य केन्द्र थिएनन्, हामी अहिले नभएका ठाउँमा यस्ता केन्द्र पनि बनाइरहेका छौँ ।

साँखु त पर्यटनका लागि पनि ऊर्वर ठाउँ हो । केही योजना सोच्नु भएको होला नि यता तर्फ पनि?
सही कुरा गर्नुभयो । पर्यटन यहाँको निकै सम्भाव्य र आशलाग्दो क्षेत्र पनिहो । पहिलो कुरा त शालिनदी, वज्रयोगिनी,इन्द्रायणी, सलम्बुदेवी, विश्वम्भरा जस्ता धार्मिक क्षेत्रका कारण यो नगर चर्चित छ । दोस्रो मणिचुड,जहरसिंह पौवा जस्ता ठाउँले पनि पर्यटकलाई निकै आकर्षित गरिरहेका छन् ।त्यसैले एकातिर धार्मिक र अर्कोतिर पर्या पर्यटन, दुवैलाई बढावा दिने किसिमले योजना बनाएर अघि बढिरहेका छौँ ।

‘मेरो सरकार