माछापुच्छ्रे बैंकले बार्षिकोत्सवमा ल्यायो ग्राहकलाई स्किमै स्किम, असोजभरी महोत्सव मनाउने :: BIZMANDU

252


काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ कारोबार शुरु गरेकोे १९औं बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा असोज महिनालाई महोत्सवका रुपमा मनाउने भएको छ। 

बार्षिकोत्सवको उपलक्ष्यमा बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने विज्ञप्तिमा उल्लेख छ। महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड/इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५० प्रतिशत छुट दिइने छ। 

बैंकले माछापुच्छ्रे क्रेडिट कार्डमा ५० प्रतिशत छुट र रिटेल कर्जा सेवा शुल्कमा ०.१८ प्रतिशत छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने जनाएको छ। 

पोखराबाट २०५७ सालमा बैंकिङ कारोवार शुरु गरेको बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ एटिएमबाट ५ लाख ग्राहकलाई सेवा दिइरहेको छ। 




माछापुच्छ्रे बैंकले बार्षिकोत्सवमा ल्यायो ग्राहकलाई स्किमै स्किम, असोजभरी महोत्सव मनाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link