वाइसिएल नेपाल र युवा संघ नेपाल द्वरा `तीन दिन जनश्रममा युवा’

924

भक्तपुर । वाइसिएल नेपाल र युवा संघ नेपाल द्वरा आयोजित `तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत भक्तपुरको  सूर्यविनायक–८ सिपाडोल मा रोपाइ गर्दै नेकपाका महासचिव विष्णु पौडेल , वाइसिएल केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा (अब्दुल)सचिव उमेश घाेरासाईने, सचिव अरूण घिसिङ, प्रदेश नम्वर तीन श्रम तथा राेजगार विभाग प्रमुख कुमार लामा, युवा संघ भक्तपुर अध्यक्ष दिपक दाहल, वाईसियल जिल्ला अध्यक्ष दिनेश थपलिया अाक्राेस, वडा अध्यक्ष किरण थापामगर लगायतका युवा, किसानहरू  धान रोपेका थिए।

वाइसिएल नेपाल र युवा संघ नेपाल द्वरा आयोजित `तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तरगर्त बुढानिलकण्ठको तौलुङमा जनताको खेतमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले रोपाइ गरे। यस्तै, ललितपुरको हरिसिद्धिमा रोपाइमा सहभागी हुदै नेकपाका नेताहरू नारायणकाजि श्रेष्ठ, मण थापा युवा संघ नेपालका महासचिव नरेश शाही ,वाइसिएल नेपालका सचिव पूर्ण भुजेल (चिन्तन)लगायत नेता तथा कार्यकर्ताले धान रोपे।

यस्तै, काठमाडौंको टोखामा भएको रोपाइमा सहभागी हुँदै गृहमन्त्री रामबहादुर थापा, वाइसिएल केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा , वाइसिएल केन्द्रीय उपाध्यक्ष बिरु तामाङलगायतले धान रोपेका थिए।