संगठनले उम्मेदवारी दिएका खण्डमा राराबलाई देशकै शैक्षिक हब बनाउने छौं

683

 स्ववियू निर्वाचनको मिति तय सँगै राराब क्याम्पसमा विद्यार्थी संगठनहरुबिच उम्मेदवारीको सरगर्मी चलेको छ । राराब क्याम्पसको खस्कदो शैक्षिक गुणस्तरलाई अवका दिनमा हामी उकास्न सक्छौं भन्ने मुख्य एजेण्डा बोकेका संघिय समाजवादी फोरम निकट विद्यार्थी नेता तथा जनकपुरका लोप्रिय युवा नेता नविन यादवका प्रिय पात्र पण्कज शाहसँग गरिएको छोटो कुराकानी ।


स्ववियू निर्वाचनको निकटता सँगै तपाईंको नामको पनि चर्चा चलेको छ कुरा के हो ?
हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टीबाट आएका विद्यार्थी हौं । हाम्रो मुख्य एजेण्डा भनेको नै विद्यार्थी संगठनमा भएका बेथितीलाई सुधार गर्दै शैक्षिक गुणस्तरका लागि लड्नु र गरिव जेहेन्दार तथा समस्त विद्यार्थीको हक हितका खातिर काम गर्नु हो । यदि यि कामका लागि पार्टी तथा विद्यार्थी साथीहरुले मलाई योग्य सम्झेका खण्डमा खण्डमा म विद्यार्थीको हक हितका लागि लड्न तयार छु ।

राराब क्याम्पसमा तपाईहरुको विजयको सम्भाब्यता कस्तो छ ?
हामी मधेश आन्दोलनबाट मधेशको हक हितको लागि लड्दै आएका पार्टीको धारका विद्यार्थी संगठनका विद्यार्थी हौं । हाम्रो विद्यार्थी संगठनको मुख्य एजेण्डा भनेको नै मधेशमा शैक्षिक क्रान्ति गर्ने हो । हामी पनि अरु सरह नै सवल छौं भन्ने आधार प्रत्यक विद्यार्थीको बनाउनु हाम्रो एजेण्डा हो । विद्यार्थीको हक हित नै हाम्रो मुख्य नारा पनि हो । यस कारण हाम्रो संगठनको आगामी निर्वाचनमा जितको सम्भावना अरु भन्दा बढि हामी देख्छौं ।

शैक्षिक गुणस्तरको कुरा गर्नुभयो राराब क्याम्पसको शैक्षिक गुणस्तर हिजोका दिनमा भन्दा निकै खस्केको छ यसलाई कसरी सुधार गर्न सक्नु हुन्छ के संभव छ ?

संभव छ । हेर्नुहोस् राराबमा विगत दश वर्ष देखि विद्यार्थी छाता संगठन स्ववियू नहुँदा यहाँ हाजिर गरेर टाप कस्ने प्राध्यापक देखि बढदो राजनीतिकरण तर शैक्षिक गुणस्तर भने दिन प्रति दिन खस्कदो अवस्था छ । यसको समाधन नै हाम्रो पहिलो प्रयास हुने छ । नियमित कक्षा, हाजिरिको ब्यवस्था अनी हाजिर गरेर टाप कस्ने मास्टरलाई नियन्त्रण गर्दै क्याम्पसलाई सफा सुन्दर बनाउने देखि पुन हिजोको दिनमा जस्तै यहाँको शैक्षिक गुणस्तर उकास्न हामी लागि पर्ने छौं । विद्यार्थीलाई विभिन्न शैक्षिक क्रियाकलापमा, खेलकुद, पुस्तकालय ब्यवस्थापन, समय समयमा आन्तरिक परिक्षाको ब्यवस्था, थप कक्षाका लागि पहल सार्थै विद्यार्थीको दिर्गकालिन विकासका योजनामा हामी हातमा हात मिलाउँदै कम गर्ने छौं यसरी हामी क्याम्पसको शैक्षिक गुणस्तरलाई हिजोका दिनमा भन्दा पनि अझ उकास्न लागि पर्ने छौं र यो संभव पनि छ हामी गरेर देखाउँछौं ।

अन्तमा के भन्न चहानुहुन्छ ?
अन्तमा म समस्त राराब क्याम्पसका विद्यार्थीलाई राराब क्याम्पसको भविश्य तपाईंहरुको हातमा रहेको छ । तपाईंहरुको साथ साहयोगले नै हामी यो क्याम्पसलाई आगामी दिनमा नेपालको शैक्षिक हवका रुपमा विकास गर्न सक्छौं । यसको लागि तपाईंहरुको अमुल्य मत हाम्रो संगठनका उम्मेदवारलाई आवश्यक छ हामीलाई साथ दिनुहोस हामी राराबलाई नमुना शैक्षिक गन्तब्य बनाउने प्रण गर्दछौं भन्न चहान्छु ।