ककनीमा कठ्यांग्रिदै रमाए ग्रामरका स्काउट

247

 

नुवाकोट । ग्रामर पब्लिक स्कुल कोटेश्वर अन्र्तगत सञ्चालित ग्रामर स्काउट ट्रुपमा आवद्ध एकसय जना स्काउट ककनीस्थित नेपाल स्काउटको ज्याम्बोरीस्थलको जाडोमा कठ्यांग्रिदै भएपनि निकै रमाएका छन् ।

काठमाडौंको तुलनामा यतीखेर ककनीमा निकै चिसो छ । तैपनि विद्यार्थीहरु ककनी क्याम्पमा कठ्यांग्रिदै स्काउटका करीव २ दर्जन थरी कृयाकलाप गर्न अनुशासितरुपमा लामवद्ध भई बसेका थिए । कृयाकलापमा सहभागी स्काउटलाई ककनीको स्वच्छ, स्वस्थ र स्वादिष्ट खानेकुरा खुवाइएको थियो ।

२ रात ३ दिने ग्रामर स्काउट क्याम्पमा सहभागी भएका ति विद्यार्थीले त्यस अवधिमा स्काउटका विभिन्न साहसिक, मनोरञ्जनात्मक, शिपमुलक र ज्ञानवद्र्धक कृयाकलापमा भाग लिएको क्याम्प चिफ तथा स्काउट गुरु शिवकुमार त्वायनाले बताउनुभयो ।

ग्रामर स्कुलको अतिरिक्त कृयाकलाप संयोजक पासांग नामग्याल घिसिंग, रोभर स्काउट राजेश गाइजु र शिक्षिका देउती राई छात्र तथा छात्राहरुको उपक्याम्प चिफ हुनुहुन्थ्यो ।

विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले ककनीमा पुगेर विद्यार्थीहरुले गरेको स्काउट कृयाकलापको अवलोकन गर्नुभएको थियो ।

भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वय आयुक्त समेत रहनुभएका ग्रामर स्काउट क्याम्पको क्याम्प चिफ त्वायनाले सो क्याम्प सफल पार्न ३१ जना रोभर तथा रेन्जर स्काउट खटाउनुभएको थियो ।