काेरिया लान्छु भनेर २१ लाख ठगी आराेपमा सुडालबाट एक पक्राउ

305

भक्तपुर । काेरिया लान्छु भनेर २१ लाख ठगी आराेपमा सुडालबाट एक पक्राउ परेका छन्। “डिपेन्डेन्ट भिसामा युवतीहरुलाई कोरिया लगाएतका देशमा लैजान्छु भनी ठगी गर्ने व्यक्तिलनई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा हाल भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०८ सुडाल बस्ने ३५ वर्षका साजन मगर रहेका छन् । उनलाई हाेमबहादुर मगर भनेर चिन्ने गरेकाे प्रहरीले जनाएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपका माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी रकम जम्मा गर्न लगाए पश्चात सम्पर्क विहीन भई झुक्याइ ठगी गरेकाे प्रहरीले जनाएको छ ।

उनलाई काठमाण्डौँ महानगरपालिका वडा नं.-०३ बाँसबारीबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेकाे छ । साे मुद्दा सम्बन्धमा थि कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । उनकाे स्थायी ठेगाना भने रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ०६ रहेको प्रहरीले जनाएको छ । उनले दुईजनाबाट रू. २१ लाख ठगी गरेकाे लुलेकाे छ ।