भक्तपुरं । नेपालभाषा पत्रिकाको माध्यमबाट २ दशक भन्दा बढी नेपाली पत्रकारिताको क्षेत्रमा योगदान गर्नु हुने भक्तपुरका पत्रकार कृष्ण प्रजापतीलाई यस वर्षको प्रेस काउन्सिल युवा क्रियाशिल पुरस्कार प्रदान गरेको छ ।
राष्ट्रपती विद्यादेवी भण्डारीले राष्ट्रपती भवन सितल निवास महाराजगञ्जमा शुक्रबार एक समारोह बीच उहाँलाई रु. १० हजार नगद सहित सम्मान पत्र प्रदान गरी सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत प्रजापती नेपालभाषा दैनिक नेपालभाषा टाइम्सका उप सम्पादक हुनुहुन्छ । यस अघि उहाँले सन्ध्या टाइम्स, मजदुर, प्रतिदिन, ङातापोल एक्सपे्रस, सिटी टाइम्स, नेवाः पोष्ट लगायतका दैनिक प्रत्रिकामा काम गरिसक्नु भएको छ ।
भक्तपुरबाट निस्कने परिवर्तनशील आवाज साप्ताहिकका सम्पादक समेत रहनुभएको उहाँँ, बयान, दबाब, स्वतन्त्र सञ्चार साप्ताहिकका नियमित स्तम्भकार तथा गोरखापत्र राष्ट्रिय दैनिक र नेपाल समाचारपत्रमा नियमित रुपमा लेख लेख्दै आउनु भएका ब्यक्तित्व हो ।
पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता मर्यादित र सम्मानित पेशा भएकैले चौथो अंगको रुपमा कायम रहेको वताउँदै यसको गरिमालाई पत्रकारहरुले नै कायम राख्नु पर्दछ भन्नुभयो ।
प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको सभापतीत्वमा भएको समारोहमा विभिन्न किसिमको पुरस्कारबाट ३९ जना पत्रकारहरुलाई सम्मान गरेको थियो ।