भक्तपुर । आज ठुलै भिडभाड एवं उत्साहका साथ हनुमन्ते सफाई अभियानले सुरुवात पाएको छ ।
भक्तपुरलाई फन्को लगाउँदै बग्ने हनुमन्ते खोला सफाई शनिवार कौशलटार र बालकोट पुल सिमानाबाट सुरु गरिएको छ ।
जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डीतको उपस्थितिमा खोला सफाई अभियान संचालन भएको हो ।भक्तपुरको उत्त री भेग सुडाल, ताथली, बागिश्वरी र छालिङका ससाना खोला खोल्सा मिलेर हनुमान घाट पुग्दा हनुमन्ते नामाकरण हुने खोला आज ढलमन्तेमा परिणत भएको छ ।
मुहानमा सफा पानी बग्ने गरेको हनुमन्ते भक्तपुर नगरपालिकाको ब्रम्याणी सम्म सफा पानी नै बग्ने गरको छ ।
बढदो सहरीकरण अनी मानिसको चेतना स्तरमा बिकास हुन नसक्दा पिडामा रहेको हनुमन्ते सफा मात्र गरेर सफा नहुने देखिन्छ ।
कसरी भयो त हनुमन्ते फोहर
भक्तपुरको सवै भन्दा ठुलो घाट हनुमान घाट सम्म केहि वर्ष पहिला सम्म हनुमन्ते सफा थियो तर हनुमन्ते देखि ब्रम्हायणी कमलविनायक क्षेत्रमा बढदो सहरीकरण अनी ढल निकास खोलामा गर्ने परिपाटीका कारण हनुमन्ते फोहर भएको छ ।
जर्मन प्रोजेक्टले निर्माण गरि दिएको भक्तपुर नगरपलिकामा रहेको फोहर उपचार पोखरीको संचालनमा नआउनु पहिलो फेजमा हनुमन्ते फोहर हुनुको कारण हो ।
यस्तै थिमी नगरपालिका र सुर्यविनायक पुग्दा पनि सवै फोहर फाल्ने ढल बगाउने खोलाका रुपमा हनुमन्तेले नै प्राथमिकता पाउँछ जसले हनुमन्तेलाई फोहर बनाउन अझ मदत गर्दछ ।
कसरी सफा गर्न सकिन्छ त हनुमन्ते
हनुमन्ते सफा नै गर्ने हो भने सुडाल ताथली बागिश्वरी भएर भक्तपुर नगरपालिका प्रवेश गर्दा सम्मको स्थानमा जस्तै हनुमन्तेमा फोहर ढल मिसाउन दिनु हुन्न ।
भक्तपुर नगरपालिकामा रहेका दुई उपचार पोखरीहरुको सुचारु गरि फोहरलाई मोहरमा परिणत गर्दै फोहरवाट ग्यास अनी मल निर्माण गर्न पहिलो प्राथमिकतामा राखेमा नै आधा हनुमन्ते सफा हुन्छ ।
भक्तपुर थिमी र सुर्यविनायक नगरपालिकाबाट निक्लने ढलको उचित ब्यवस्थापन गर्ने तथा फोहरको ब्यवस्थापन गर्न सकेमा हनुमन्ते सफा आफै हुन्छ ।
हनुमन्ते खोलामा महत्व के त
भक्तपुरबासीको कुनै समय सम्पुर्ण सभ्याता विकासको खुडकिलोका रुपमा नै हनुमन्तेलाई लिन सकिने ईतिहास विध बताउँछन् ।
भक्तपुरको उत्तरी भेगवाट बग्ने हनुमन्ते खोलाको किनार भएर नै भक्तपुरमा सभ्यता एवं राज्यको विकास भएको ईतिहाँस पाउन सकिन्छ ।
ईतिहाँस विद्यहरु भन्छन् हिजो हनुमन्तेमा जहाँ कहि नुहाउन एवं खानेपानीका रुपमा प्रयोग गर्न सकिने थियो तर सहर विकास एवं अब्यवस्थित ढल निकासका कारण हनुमन्ते खोला फोहर भएको हो ।
काठमाण्डौं उपत्यकामा सवै भन्दा ठुलो घाट अर्थात धर्ममा जिवित देवताका रुपमा रहेका हनुमानको नाममा रहेको घाट भएर बग्ने भएका कारण पनि उक्त खोलाको नाम हनुमन्ते रहेको छ ।
हनुमन्ते खोलाको पानीवाट नै भक्तपुरको अधिकाँस भुभाग सिन्चाई हुने गरेका कारण पनि यो खोलाको महत्व रहेको छ । सुडाल, ताथली, बागिश्वरी, छालिङ र भक्तपुर नगरपालिकामा बागिश्वरीको मुहान पोखरी देखि ल्याएको पानी हाल पनि खानेपानीको रुपमा सिन्चाईको रुपमा प्रयोग गरिने गरेको छ ।
शनिवार देखि सुरु भएको हनुमन्ते खोला सफाईले सय हप्ता सम्म अभियानका रुपमा प्राथमिकतामा पाउने सफाई अभियान सँचालनका क्रममा बताईएको छ ।