कोन्ज्योसोममा परियोजनाको बारेमा छलफल

27

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सरोकारवालासँग सन २०२४ मा सञ्चालन हुने परियोजनाका बारेमा सरोकारवालासँग छलफल गरेको छ ।

सीआरबी र लुनिभाको पीआरइपी परियोजना अन्तर्गत गाउँपालिकाका दुबै संस्थाका सरोकारवालासँग छलफल भएको हो ।
आइतबार गाउँपालिकाको सभाहलमा सरोकारवालासँग छलफल गरेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा उक्त परियोजनाको अवस्था, परियोजनाले पार्ने प्रभाव र लाभाविन्तहरुको अवस्था लगायतका विषयमा छलफल भएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाले यस अगाडि पनि विभिन्न विषयमा गाउँपालिकामा सञ्चालित हुने परियोजनाका बारेमा सम्बन्धित सरोकारवालासँग यस अगाडि देखि नै सरोकारवालासँग छलफल गरी परियोजना कार्यान्वयन गर्दै आएको छ ।