गोसाईकुण्डमा निःशुल्क स्वास्थ्य शिविर

355

रसुवा– रसुवा जिल्लामा अवस्थित ऐतिहासिक तिर्थ स्थल गाोसाईकुण्ड मेलामा तिन दिनको निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।


“शान्तिको लागि पुकार्छु” भन्ने नाराका साथ गोसाईकुण्डमा आएका तिर्थालु भक्तजनहरुलाई स्वास्थ्य परीक्षण गर्न शेड द लाईटको आयोजनामाभएको उक्तशविरमाशिविरमा बासुदेव प्रसाद जोशी स्मृति प्रतिष्ठान, नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, सगरमाथा समूह थिमिलगायतका संस्थाहरुले औषधी सहयोग गर्नु भएको थियो भने नेपाल आर्मी रसुवाबाट डाक्टर टोली तथा टेण्ट सहयोग गरिएको थियो ।


समुन्द्र सतहदेखि ४ हजार ३ सय ८० मीटर उच्चाई संचालन गरिएको उक्त शिविरमा करिव ७०० जना पुरुष, महिला, बृद्धबृद्धा तथा बालबालिकाहरुमा स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा उपरार्थ निःशुल्क औषधी लगायत अक्सिजन समेत व्यवस्था गरिएको थियो ।
शिविरमा डाक्टर, नर्स, स्वयंसेवक र सहयोगी सहित २५ जनाको सहभागी रहेका थिए ।