चाँगु,झौखेल,दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पोख्रेल विजयी

58

भक्तपुर । चाँगु,झौखेल,दुवाकोट खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा प्रधुम्न पोख्रेल बिजयी भएका छन्। शनिवार भएको समितिको चुनाबमा पोख्रेल बिजयी भएका हुन। उनको प्रतिद्वन्दी दिनेश न्यौपाने पराजित भएका थिए।
समितिमा पोख्रेल र न्यौपानेका २ समूह बीच चुनाबि प्रतिष्पर्धा भएको थियो।
पोख्रेल समूहका उपाध्यक्षमा माधब प्रसाद न्यौपाने,सचिबमा हृदय खड्का,कोषाध्यक्षमा राजेन्द्र कुमार दाहाल ( राजकुमार), सदस्यहरूमा मणीराज श्रेष्ठ,बच्चुराम न्यौपाने,राजकुमार खड्का,आनन्दराम खत्री, सोनु श्रेष्ठ, मनराज खड्का र सुनिता रिजाल न्यौपाने बिजयी भएका थिए।
समिति गठन भएको २८ बर्षमा पहिलो पटक चुनाब भएको हो। सधैं सहमतिमा समितिको पदाधिकारी चयन हुने गरेकोमा यसपटक अध्यक्ष पदको आकांक्षीहरू बढी भएर सहमति हुन नसकेपछि चुनाब भएको हो ।
२८ बर्षसम्म चुनाब नहुँदा समितिका पदाधिकारी र ग्राहक बीच परिचय सम्म हुन नसकेको हुँदा प्रजातान्त्रिक पद्दतिबाट अध्यक्ष चुन्न पाएकोमा खुशी देखिन्थे।
बिजय भएपछि अध्यक्ष पोख्रेलले मतदान गर्ने सबै मतदातालाई चुनाबि प्रकृयामा सहभागी भएर आफूलाई बिजय गएकोमा धन्यबाद ज्ञापन गरे।