ठगी गर्ने म्यानपावरको सूची तयार हुँदै

317

काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सूची तयार पार्ने भएको छ ।

श्रममन्त्री गोकर्णराज  विष्टले यस्ता म्यानवापर कम्पनीबाट पुनः ठगी हुन नदिन र कारबाही अगाडि बढाउन सूची  पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।

‘एउटै म्यानपावरले पटकपटक ठगी गर्ने गरेको देखियो’,  विष्टले भने, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही गरिएको छ । त्यसको विवरण पेस गर्न महानिर्देशकलाई निर्देशन दिएको छु । कान्तिपुर दैनिकमा  खबर छापिएको छ ।