तुलसीपुरमा ब्राउनसुगरसहित तीन जना पक्राउ

66

दाङ — तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बेलुका ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–९ बेलुवाका २१ वर्षीय चन्द्रप्रकाश केसी, २१ वर्षीय प्रदीप बुढाथोकी र २१ वर्षीय सञ्जिव कठायत छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले तुलसीपुर–५ स्थित एक रेष्टुरेन्टबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इप्रका तुलसीपुरले जनाएको छ ।