भक्तपुर । दृष्टिबिहीन गायक ईश्वर अमात्य नगद सहित सम्मानित हुनु भएको छ । अनन्तलिङ्गेश्वर खेलकुद क्लबले सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट चोकमा आयोजना गरेको साँस्कृतिक साँझ २०७५मा दृष्टिबिहीन लोकप्रिय गायक ईश्वर अमात्य सम्मानित भएका हुन् ।
गायक अमात्यलाई बालकोट सहकारीको तर्फबाट रु दश हजार एक सय एक र अभ्युदय सहकारीको तर्फबाट रु ५ हजार ५ सय ५५ सहित सम्मान गरिएको क्लबका संरक्षक जयराज पौडेलले बताउनुभयो ।
क्लबका अध्यक्ष दिपेश श्रेष्ठले कलाकार राष्ट्रका गहना हुन कलाकारलाई सम्मान गरौं भन्ने नाराका साथ कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा गायकहरु अमात्य ,अनिल सिहं, धिरज राई,ओम माने पेमे ब्याण्ड, पुजन घिमिरे ,नवराज घोरासैनी,उमा श्रेष्ठ लगायतका कलाकारले आ आफ्नो प्रस्तुती दिएका छन् । कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रम आयोजना गर्न रु ५ लाख खर्च भएको क्लबका अध्यक्ष दिपेश श्रेष्ठले बताउनुभयो ।
खेलकुदको क्षेत्रमा आफ्नो अलग पहिचान बनाँउदै आएको अन्नतलिङ्गश्वर खेलकुद क्लबले तिहार तथा छठ पर्वको अवसर पारेर सांस्कृतिक साँझ २०७५ आयोजना गरेको क्लवका संरक्षक रबि राणाले बताउनुभयो ।संस्थाले हरेक बर्ष विजयादशमी, शुभ दिपावली,छठ पर्व को साथै नेपाल संवतको अवसरमा कार्यक्रम गर्दै आएको छ ।










































