धौभडेल र रसिकको पुस्तक लोकार्पण

394

भक्तपुर । संस्कृतिविद् ओमप्रसाद घौभडेल र सहित्यकार तथा लेखक जितेन्द्र रसिकका फरक–फरक पुस्तकहरु लोकार्पण गरिएका छन् ।
भक्तपुरको पार्टी भेन्युमा गरिएको एक समारोहकाबीच जितेन्द्र रसिकको आठौं कृति ।।।अलकापुरी भक्तपुर’ र संस्कृतिविद् ओमप्रसाद घौभडेलको दोस्रो कृति ।।।भक्तपुर दरबारका मल्लाकालीन भारदारहरु’ नामक पुस्तक बिमोचन
गरिएको हो ।
पुरातत्व विभागका महानिर्देशक डा. भेषनारायण दाहालको प्रमुख आतिथ्यता र उनको हातबाट बिमोचन गरिएको लोकार्पण
कार्यक्रममा कृति भित्रका विविध विषयको बारेमा लेखकहरुले प्रकास पारेका थिए ।