काठमाडौँ । नागार्जुन नगरपालिकाले नगरपालिका भित्रका महिला उद्यमीले उत्पादन गरेको सामाग्री प्रर्दशनिमा राखेको छ । स्थानीय उत्पादनलाई स्थानीय तहमा नै विक्री वितरण गर्ने कार्य सुरू गरेको छ ।
“महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ ११४ औं अन्तर्राष्ट्र्रिय महिला दिवसको अवसमा बुधबार र बिहीबार दुई दिनसम्म स्थानीय महिलाले उत्पादन गरेका सामाग्री प्रदर्शनी गर्दै मेलाको आयोजना गरेको हो ।
नगरपालिका वडा नंं ४ स्थित सेल्सबेरीमा प्रर्दशनी तथा विक्री मेलाको बुधबार नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । प्रर्दशनीमा नगरपालिका भित्रका महिला उद्यमीबाट उत्पादन गरिएका गुन्द्रक, आलुका विभिन्न परिकार, बाँस र निगालाबाट बनाइएका सामानहरु, विभिन्न अचारका परिकार, धागोबाट निर्माण भएका परिकार लगायतका सामानहरु प्रर्दशनीमा राखिएको छ ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले स्थानीय महिलाहरुले उत्पादन गरेको सामाग्रीलाई स्थानीय तहमा नै विक्रीवितरण गर्ने सामाग्री प्रर्दशनीमा राखिएको बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले स्थानीय उत्पादनलाई थप प्रोत्सान गर्ने गरी नीति तथा योजना बनाएर कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

सो अवसरमा कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, नगर प्रवक्ता महेश रिमाल, वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्य, वडा सदस्य लगायतकाको सहभागिता रहेको थियो । नगरपालिकाले स्थानीय महिला उद्यमीले उत्पादन गरेका सामानलाई खरिद गरी महिला उद्यमीलाई हौसला प्रदान गर्न आग्रह गरेको छ । प्रर्दशनीले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म नै रहेछ ।








































