काठमाडौं । सरकारले नेपालमा लगानीका लागि सम्भाव्यता अध्ययनका लागि आउने विदेशीलाई ६ महिना अवधिको गैरपर्यटक भिसा दिने तयारी गरेको छ। नेपालमा विदेशी लगानी वढाई रोजगारी सिर्जना तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले अध्ययन अनुसन्धानका लागि पर्याप्त समयसहितको भिसा दिन लागिएको हो ।
‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ ले लगानीका लागि स्पष्ट पारेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकले यो विधेयक पारित गरेको छ। विधेयकमा नेपालमा लगानी गर्न चाहने लगानीकर्तालाई अधिकतम सीमा नतोकिने व्यवस्था छ। आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।
Purbeli TV












































