नेविसंघ महामन्त्री काफ्लेलाई हृदयाघात

219

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री  कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । उनको छातिमा समस्या आएर अचेत हुने अवस्था देखिएपछि हेम्स अस्पताल लगिएको थियो ।

हेम्स अस्पतालले  काफ्लेलाई गंगालाल हृदय केन्द्र रिफर गरिएको थियो । उनको अहिले गंगलाल अस्पताल बासबारीमा उपचार भइरहेको छ ।

आफ्नै घरमा बिहान अचेत भेटिएका काफ्लेलाई गंगालाल हृदय केन्द्रमा लगेर उपचार भइरहेको छ ।

 

उनको अहिले शल्यक्रिया भइरहेको र खतरामुक्त रहनु भएको नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठिले जानकारी दिनुभयो ।