काठमाडौँ — काठमाडौँको जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोटको पालेघरमा चालाइएको जुवाखालमा प्रहरीको छापा परेको छ।
आइतबार भएको उक्त छापामा सात जना जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार जुवाखालबाट १ लाख ७ हजार रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको छ।
पक्राउ पर्नेमा: भिम संगत (६६ वर्ष),कविन्द्र भण्डारी (६७ वर्ष),ईश्वरराज भण्डारी (५९ वर्ष), अनुज संगत (४५ वर्ष), बुद्धि तामाङ (५६ वर्ष) , देवीबहादुर अधिकारी (४३ वर्ष) र रेशम सिजाली (५४ वर्ष) रहेका छन्।
पक्राउ परेकाहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान अगाडि बढाएको छ।
पशुपति क्षेत्रजस्तो धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा यस्तो गैरकानुनी गतिविधि भेटिनु सम्बन्धित निकायको laxity को संकेत मानिएको छ।
यसअघि पनि सो क्षेत्र वरिपरि जुवा, सट्टेबाजीजस्ता गतिविधिका सूचना आइरहेका भएपनि नियन्त्रणमा प्रहरीको प्रयास कमजोर देखिएको थियो।








































