जुम्ला सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका जोड्ने उर्थचौतारादेखि पातारासी गाउँसम्मको सडकमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । बर्षादका कारण पहिरो गएपछि असार महिनादेखि सडक अवरुद्ध भएको हो ।

लामो समयसम्म सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामाग्री ढुवानीमा समस्या भएको पातारासी गाउँपालिका–३ चौरगाउँका कृष्ण बुढाले बताए । पातारासी गाउँपालिका जोड्ने बढीखोली सडक खण्डमा झण्डै ५०/६० स्थानमा पहिरो गएको उनले बताए ।
पहिरोका कारण गाउँपालिकाले संचालन गरेको एम्बुलेन्स समेत बन्द रहेको छ । विरामीलाई उपचारका लागि स्टेचरमा पाँच घण्टा पैदलपछि सदरमुकाम ल्याउने गरेको स्थानीय चन्न बोहोराले बताए । सडक अवरुद्ध भएपछि खच्चर मार्फत खाद्यन्न ढुवानी गर्ने गरिएको छ ।
The post पातारासी सडकमा गएको पहिरोले असारदेखि एम्बुलेन्स सेवा बन्द appeared first on Naya Patrika.






































