‘पेट्रोलियम पदार्थको मूल्य नघटाए टिकट बुकिङ नगर्ने’ :: PahiloPost

286

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता नलिए दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुला नगर्ने चेतावनी दिएका छन्।

नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ती जारी गर्दै ४८ घण्टाभित्र मूल्य वृद्धि फिर्ता नगरे बुकिङ खुलाउन नहुने जनाएको छ।

यसअघि यातायात व्यवस्था विभाग र महासंघको बीचमा ४ गतेसम्म सबै तयारी सकेर ५ गतेबाट अग्रिम बुकिङ खुलाउने सहमती भएको थियो।

सरकारले सोमबार राती १२ बजेदेखि लागुहुने गरि प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। यसकै विरोधमा व्यवसायीले टिकट बुकिङ नखुलाउने जनाएका हुन्।

विभागमा भदौ ३१ गते उपभोक्ताकर्मी, ट्राफिक प्रहरी महाशाखा, यातयात व्यवसायीलगायतका सरोकारवाला निकायको बीचमा भएको छलफलमा ५ गतेदेखि अग्रिम टिकट खोल्ने सहमती भएको थियो।

सुरुमा व्यवयासीहरुले भाडा समायोजन, रोक्का भएको बैंक खाता खुलाउनेलगायतका शर्तहरु राखेका थिए। तर विभागले बैंक खाता खुला गर्न लागि सम्बन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिएपछि गर्ने भएपछि व्यवसायीहरु बुकिङ खोल्न सहमत भएका थिए।

 

Source link