भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा रहेको प्रज्ञा ईङ्गलिस सेकेण्डरी स्कुलले आफ्नो ३६ औं बार्षिकोत्सबको अबसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमा ६१ जनाले रक्तदान गरेका छन् ।
रगतको चरम अभाब भईरहेको बेला बिरामीहरूलाई सहयोग पुगोस् भनेर बार्षिकोत्सबको अबसरमा रक्तदान आयोजना गरेको स्कुलका प्रिन्सिपल टंक सिटौलाले जानकारी दिए।
प्रज्ञा चाँगुनारायण नगरपालिकामा रहेको जेठो नीजि स्कुल हो। स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ। स्कुलले यही फागुन २४ गते ३६ औं बार्षिकोत्सब मनाउदैछ।
रक्तदानमा अभिभाबक,सहयोगी संघसंस्थाहरू,पूर्ब विद्यार्थी, तथा स्कुलका शुभचिन्तकहरूले रक्तदान गरेका थिए।








































