भक्तपुर । फिल्मी स्टाइलमा भक्तपुरको एक व्यवसायीकाे घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटस्थित एक व्यवसायीको घरबाट उक्त रकम लुटिएको हाे ।
आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार जनाको समूहले दधिकोटका एक व्यवसायीको घरमा पसेर लुटपाट गरेको परिवारको दावी छ ।
उक्त घटनाको भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको र हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।
घटना मंगलबार राति भएपनि अवस्था अहिलेसम्म गोप्य राखिएको थियो ।
सीसीटीभी फुटेजमा चार-पाँचजनाको समूह व्यवसायीको घरमा पसेको देखेपछि सोही फुटेजका आधारमा अनुसन्धान अगाडी बढाएको डिएसपी बसन्त पाठकले बताए ।
घटनाको भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले संयुक्त रुपमा थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानको नजिक पुगेको डिएसपी पाठककाे भनाइ छ ।








































