सामाजिक संजालमा तपाइं हामी सबैले श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै चर्चित छन् । नेपालमा यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ । तर, यी को हुन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन पनि सक्छ ।
स्केचमा देखिने यि व्यक्ति एक चिनियाँ बास्केटबल खेलाडी हुन् । उनकाे नाम याओ मिङ हाे । उनी चीनका एक चर्चित बास्केटबल खेलाडीका रूपमा चिनिन्छन् ।
सन् २००२ मा चिनको राष्ट्रिय टीमबाट बास्केटबल खेल्न सुरु गरेका ७ फिट ६ इन्च अग्ला मिङ बास्केटबल खेलाडीका रूपमाभन्दा यहि स्केचबाट विश्वभर चर्चित छन् ।
१८ वर्षको उमेमा बास्केटबलबाट खेल जीवन सुरु गरेका उनमाे यो स्केचको अवधारणा उनको एक पत्रकार सम्मेलनबाट निस्केको हो ।
पत्रकार सम्मेलनमा हाँसेर प्रश्नकाे उत्तर दिँदै गर्दा उनले यस्तो मुहार बनाएका थिए, जुन सन् २००९ काे मे महिनामा भएको खेलपछिको पत्रकार सम्मेलनको कुरा हो ।
पहिलोपटक उनको स्केच बनाएर एकजना चित्रकारले व्यङ्ग्यमा प्रयोग गरेका थिए, त्यसपछि उनको तस्बिर व्यङ्ग्यमा सर्वत्र देखिन थाल्यो ।